उदयपुर,
जिल्लाको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई चार करोड रकम हिनामिना गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । "/>

चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ


उदयपुर,
जिल्लाको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई चार करोड रकम हिनामिना गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार ढकालले नगरपालिका अन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको चार करोड हिनामिना गरेको आरोपमा आजै साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले भने, “सामाजिक सुरक्षा भत्ताको कोषमा रहेको चार करोड हिनामिना भएको पाएँ । आफैंले अख्तियारलाई खबर गरेर भर्खरै पक्राउ गर्न लगाएको छु । अब सबै कुराको खोजी हुन्छ ।”

सामाजिक सुरक्षा भत्ताको चार करोड राष्ट्रिय वाणिज्य बैंक, कटारीमा जम्मा भएको र उक्त रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको किर्ते सही गरेर काठमाडौंको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको खुलेको प्रमुख श्रेष्ठले बताए । बैंकको खातामा तीन दिन देखि रकम नभएको र लेखा अधिकृत ढकाल समेत फरार रहि आएका थिए । आज काठमाडौँबाट ढकाललाई अख्तियारको सहयोगमा पक्राउ गरिएको हो ।
रासस

Logo