काठमाडौं
प्रधानन्यायाधीशले राजीनामा दिएपछि पद रिक्त भएको मितिले एक महिना भित्रै अर्को नियुक्ति गरिनु पर्ने संवैधानिक हद सकिएको छ । चैत मसान्तमै म्याद सकिए पनि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि कुनै पहल भएको छैन । संविधानले तोके भन्दा ११ दिन बढी म्याद घर्किएको छ ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले फागुन ३० गते पदबाट राजीनामा दिएका थिए । पराजुलीको राजीनामा पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोही मितिमा स्विकृत भइसकेको छ । अहिले न्यायालयका काम कारवाही कायममुकायमको भरमा छ । संविधानको धारा २४८ को उपधारा ३ मा प्रधानन्यायाधीश वा संवैधानिक निकायका प्रमुख र पदाधिकारीको मृत्यु वा राजीनामाका कारण पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले एक महिना भित्र पदपूर्ति हुने गरी नियुक्तिका लागि सिफारिस गरिने व्यवस्था छ ।
पराजुलीको राजीनामा लगत्तै न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा प्रस्ताव गरेको थियो । परिषद्को प्रस्तावपछि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । संविधानतः सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीशलाई प्रधानन्यायधीशमा नियुक्तिका लागि सिफारिस गर्न सकिन्छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया