काठमाडौँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही महिनामा नेपाल भ्रमण गर्ने तयारी अघि बढाइएको छ । २ दिने राजकीय भ्रमणका लागि उनी वैशाख २८ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफ्ना भारतीय समकक्षी मोदीको नेपाल भ्रमण तालिका अनुमोदन गरेका छन् । भारतले प्रस्ताव गरेको भ्रमण तालिका अनुसार नै ओलीले भ्रमण मिति अनुमोदन गरेका हुन् ।
गत महिनाको भारत भ्रमणका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । आफ्नो भ्रमणका क्रममा मोदीले जानकी मन्दिरको दर्शन गर्ने बताइएको छ । भ्रमणको मिति अनुमोदन भए लगत्तै दुवै मुलुकका अधिकारीहरू सुरक्षा र कूटनीतिक तयारीमा जुटिसकेका मन्त्रालयका अधिकारी बताउँछन् । ‘भ्रमण अनुमोदन भयो भन्ने अनौपचारिक खबर थाहा भयो, यसबारेको विस्तृत जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।’ –मन्त्रालयका एक अधिकारीले भने ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया