काठमाडौँ
नेकपा (एमाले) का नेता केशव बडालले एमाले र नेकपा (माओवादी केन्द्र) ले आइतबार (आज) संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने बताएका छन् । रिपोर्टर्स क्लबले शनिवार आयोजना गरेको अन्र्तक्रियामा उनले एमाले–माओवादी केन्द्रबीचको एकता नचाहने शक्तिहरु चलायमान भएको भए पनि त्यो पूरा नहुने बताए । नेता बडालले वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि समय अभावका कारण केही दिन पछि धकेलिएको बताए ।
मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा प्रधानमन्त्री दृढ रहेको उल्लेख गर्दै उनले अहिले प्रधानमन्त्रीको कामको विरोध गर्ने भन्दा प्रशंसा गर्ने धेरै भएको बताए । भारत र चीन नेपालका लागि दुवै अनन्य मित्र रहेकोले दुवै देशसँग पारस्परिक रुपमा सम्बन्ध अघि बढाउन प्रधानमन्त्री ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले भने, “विगतमा नेपाल–भारतबीच कर्मचारीस्तरमा सम्बन्ध थियो, तर अहिले राजनीतिक तहबाटै सम्बन्ध अघि बढेको छ ।”
रासस































प्रतिक्रिया