फेसबुक बन्द हुन्छ भनेर हल्ला गर्नेलाई कारबाही गर्नु- सरकार

फेसबुक बन्द हुन्छ भनेर हल्ला गर्नेलाई कारबाही गर्नु- सरकार

केन्द्रबिन्दु
0
Shares

सरकारले सामाजिक संजाल फेसबुक बन्द हुन्छ भनेर प्रवाहित सूचना गलत भएको जनाएको छ  । शुक्रवार  सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गर्दै गलत सूचनाको खण्डन गरेको हो ।

‘साविक सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको लेटरप्याड, पूर्व माननीय मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुक लगायत सामाजिक संजालमा नेपाल सरकारले नयाँ बर्ष २०७५ बाट फेसबुक पूर्ण रुपमा बन्द गरेको उल्लेख गरी फेसबुक लगायतका समाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट पोष्ट गरि भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  

मन्त्रालयले गलत सूचना प्रवाह गर्ने व्यक्ति माथि कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय व्युरोमा अनुरोध गरको छ ।

Logo