भक्तपुर

स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ । "/>

वीर अस्पतालको अर्बौं मूल्यको जग्गा गायब !

वीर अस्पतालको अर्बौं मूल्यको जग्गा गायब !

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ । विस्तारित सेवा दिने योजना सहित सरकारले दुई वर्ष अघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गा मध्ये भौतिक पूर्वाधार निर्माण सर्भेका क्रममा नापजाँच गर्दा ५० रोपनी जग्गा हराएको तथ्य खुलेको हो । १५ सय शैयाको अस्पताल सहित चारवटा मेडिकल कलेज एकै ठाउँमा सञ्चालन गर्ने महत्वाकांक्षी लक्ष्य साथ निर्माण सुरु हुने भनिएको सो क्षेत्रमा प्रतिष्ठानले भोगचलनका लागि नापी गर्ने क्रममा लालपुर्जामा भए भन्दा फिल्डमा ५० रोपनी कम देखिएपछि सो जग्गा कसले भोगचलन गरिरहेको छ भन्ने बहस सुरु भएको छ ।

अर्बौं रुपैयाँ मूल्य पर्ने सो जग्गामा चीन सरकारले भौतिक पूर्वाधार निर्माणमा चासो देखाएपछि प्रतिष्ठानले जग्गा नापजाँच गरेको हो । नापजाँचका क्रममा ५० रोपनी जग्गा नै नभेटिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङले जानकारी दिए । उनका अनुसार नापी गर्दा ५० रोपनी जग्गा नक्सा अनुसार अपुग भएको हो । यसको खोजीका लागि पुरानो ट्रेस खोजेर नापी कार्यालय भक्तपुरलाई पुनः नापी गर्न आग्रह गरिएको उनले बताए ।

१५ सय शैयाको सुविधा सम्पन्न अस्पतालका साथै रिसर्च सेन्टर र विभिन्न भवन निर्माण हुने उक्त स्थानमा ५० रोपनी जग्गा नै गायब भएको बताउँदै उनले खोजीका लागि अहोरात्र लागि परेको बताए । अस्पतालको नाममा आएको जग्गा मध्ये १७४ रोपनी हाल नेपाल इन्जिनियरिङ कलेजले भोगचलन गरिरहेको छ । सो जग्गामा परोपकार संस्थाले समेत भवन नै बनाएर भोगचलन गरिरहेका छन् । इन्जिनियरिङ कलेज र परोपकारले भोगचलन गरेको जग्गामा विवाद र केही स्थानीयले समेत सो जग्गा मध्येको केही दाबी गरेका कारण समस्यामा परेको गुरुङ बताउँछन् ।
राजधानीबाट

Skip This
Skip This
Logo