डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री

डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. गोविन्द केसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।शनिबार बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका हुन् ।

‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु,’ प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन् ।

बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियाे।

Logo