माइतीमा बसेकी श्रीमतीमाथि एसिड प्रहार

माइतीमा बसेकी श्रीमतीमाथि एसिड प्रहार

केन्द्रबिन्दु
0
Shares

धनुषा । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरकी एक २६ वर्षीया युवतीमाथि शनिबार एसिड प्रहार भएको छ। २६ वर्षीया आरती साहमाथि घरमै बसेको बेला शनिबार बिहान एसिड प्रहार भएको हो ।

एसिड उनकै श्रीमान सञ्जीव साहले एसिड प्रहार गरेको खुलेको छ । एसिड आक्रमण गरेको आरोपमा प्रहरीले  २७ वर्षीय सञ्जीव साहलाई पक्राउ गरेको छ।

एसिड प्रहारबाट घाइते युवतीलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ। उनको अनुहार  र छातीको भाग एसिड प्रहारका कारण जलेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एसिड प्रहारले उनको शरीरको २० प्रतिशत भाग जलेको छ । श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण उनी माइतीमा बस्दै आएकी थिइन्

Logo