भरतपुर

कालिका कन्स्ट्रक्सनको केन्द्रीय कार्यालय भरतपुरमा बम विस्फोट भएको छ । हिजो साँझ अज्ञात समूहले बम विस्फोट गराएको हो । "/>

कालिका कन्स्ट्रक्सनको केन्द्रीय कार्यालयमा अज्ञात समूहद्वारा बम विस्फोट

कालिका कन्स्ट्रक्सनको केन्द्रीय कार्यालयमा अज्ञात समूहद्वारा बम विस्फोट

केन्द्रबिन्दु
0
Shares

भरतपुर

कालिका कन्स्ट्रक्सनको केन्द्रीय कार्यालय भरतपुरमा बम विस्फोट भएको छ । हिजो साँझ अज्ञात समूहले बम विस्फोट गराएको हो । भरतपुर महानगरपालिका –२ क्षेत्रपुरमा रहेको कार्यालयको कम्पाउन्डमा भएको बम विस्फोटबाट झ्यालका सिसा फुटेका छन् ।

विस्फोटपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलको निरीक्षण गरेको छ । बम कसले विस्फोट गराएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक साता अघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालिका कन्स्ट्रक्सनको निर्माण कार्यमा प्रयोग हुने एउटा उपकरणमा आगजनी गरेका थिए ।
नयाँ पत्रिकाबाट

Logo