काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । "/>

राष्ट्रपति भेट्न प्रधानमन्त्री शितल निवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री शितल निवासमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म गरेको भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीले आफ्नो हालै सम्पन्न भएको मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणका अवसरमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराएका राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत उच्चपदस्थ पदाधिकारीको समेत उपस्थिति थियो ।
रासस

Logo