काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । "/>

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । ओली भर्खर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार भारत भ्रमणमा गएका थिए ।

शनिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन सम्झौता हुनुका साथै १२ बुँदे संयुक्त वक्तव्य समेत जारी भएको थियो । ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै फर्किएका ओलीलाई स्वागत गर्न सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल लगायतका अन्य नेताहरु विमानस्थल पुगेका थिए । स्वदेश फर्किए पछि भारत भ्रमण निकै नै उपलब्धिमुलक रहेको उनले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

Skip This
Skip This
Logo