काभ्रे

काभ्रे भुम्लु गाउँपालिका–१०, दोलालघाटस्थित दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले आयोजना गरेको दोलालघाट महोत्सव - २ शुक्रबारबाट सुरु भएको छ । "/>

काभ्रेको दोलालघाटमा दोलाघाट महोत्सव-२ शुुरु

काभ्रेको दोलालघाटमा दोलाघाट महोत्सव-२ शुुरु

केन्द्रबिन्दु
0
Shares

काभ्रे

काभ्रे भुम्लु गाउँपालिका–१०, दोलालघाटस्थित दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले आयोजना गरेको दोलालघाट महोत्सव – २ शुक्रबारबाट सुरु भएको छ । दुलालेश्वर वातारणीय समाजसेवा क्लबले प्राृकतिक तथा सांस्कृतिक कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधार भन्ने मुल नाराका सुरु गरिएको महोत्सव २०७५ वैशाख ३ गते सम्म चल्ने छ । महोत्सबमा बिभिन्न स्टलहरु सहित मनोरनजनमुलक खेलहरु पनि रहेको आयोजकले जनाएको छ । दोलालघाट महोत्सव २ मा १ सय ५ स्टलहरु रहेका छन् ।

महोत्सबभरमा दोलालघाटको सुनकोशी र इन्द्रवातीको लोकल माछा, स्थानिय स्तरमा उत्पादन गरिएको कृषिजन्य बस्तुहरु र खुवाको स्टल प्रमुखरुपमा रहेको क्लबका अध्यक्ष अष्ठ श्रेष्ठले बताए । महोत्सवभर राष्टिय कलकार देखि स्थानिय कलकारहरुले मनोरन्जनमुलक साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल समाचारपत्रबाट

Logo