काठमाडौं
कुकुर वा अन्य जनावरले टोकेमा लगाइने रेबिज विरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) एक साता अभाव हुने भएको छ । सरकारले अनेक प्रयास गर्दा पनि समयमा भ्याक्सिन खरिद गर्न नसकेपछि एक साता अभाव हुने भएको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीका अनुसार अनेक प्रयास गर्दा पनि एक साता एन्टिरेबिज भ्याक्सिन अभाव पर्ने भएको छ । उनले भने, ‘हामीले सबै सरकारी स्वास्थ्य संस्थालाई आफ्नै हिसाबले तयारी गर्न भनिसकेका छौँ ।’
विभाग एक महिना महानिर्देशक विहीन हुँदा टेन्डरप्रक्रिया रोकिएको थियो । नवनियुक्त महानिर्देशक लोहनीले भने, ‘अब प्रक्रिया पूरा गरेर भ्याक्सिन खरिद गर्दा धेरै समय लाग्छ । जसका कारण एक सातादेखि १५ दिनसम्म एन्टिरेबिज भ्याक्सिन अभाव हुने निश्चित छ ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया