तनहुँ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसदमा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन् । घिरिङ गाउँपालिका–२ मा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले २०४८ सालपछि कमजोर अर्थतन्त्रलाई कांग्रेसले अहिलेको अवस्थामा ल्याएको जिकिर समेत गरे ।
जनतालाई विभिन्न आश्वासन बाँडेर वाम गठबन्धनले मत पाए पनि जनताको माग र चाहना पूरा गर्न नसक्ने विचार उनले व्यक्त गरे । कार्यक्रममा कांग्रेस तनहुँका कावा सभापति जीतप्रकाश आले, कांग्रेस नेता कृष्णराज पण्डित लगायतले कांग्रेसले चुनावी हारको समीक्षा गर्दै आगामी दिनमा सक्रिय र सशक्त ढंगबाट अगाडि बढ्नु पर्ने बताए ।
रासस































प्रतिक्रिया