कञ्चनपुर

खानेपानी मन्त्री बिना मगरले कैलाली कञ्चनपुर जोड्ने हुलाकी राजमार्गको काम गुणस्तरिय तरिकाले गर्न निर्देशन दिएकी छिन् । "/>

जनतालाई सास्ती नदिइ तिव्र गतिमा काम गर्नु : मन्त्री बिना

जनतालाई सास्ती नदिइ तिव्र गतिमा काम गर्नु : मन्त्री बिना

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर

खानेपानी मन्त्री बिना मगरले कैलाली कञ्चनपुर जोड्ने हुलाकी राजमार्गको काम गुणस्तरिय तरिकाले गर्न निर्देशन दिएकी छिन् । मंगलबार हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीका पदाधिकारीसँग भेट गर्दै हुलाकी सडकको निर्माण कार्य गर्दा जनतालाई सास्ती नहुने गरि तीब्र गतिमा काम गर्न निर्देशन दिएकी हुन् ।

सडक निर्माणमा भइरहेको ढिलासुस्तीले जनतालाई सास्ती भइरहेको बताउदै मन्त्री मगरले समयमै निर्माण सक्न निर्देशन दिइन् । जनताको सास्ती हामी हेरेर बस्न सक्दैनौँ, अरु निकायसँग पनि छलफल गर्नु पर्ने भए हामी गर्छौँ, हुलाकी सडक आयोजना धनगढीका कर्मचारी र निर्माण व्यावसायीसँग छलफल गर्दै मन्त्री मगरले भनिन्,– ‘हामी चुप लागेर बस्न ठिक हुँदैन ।’

कञ्चनपुरको डोकेबजार–बेलौरी–बेल्डाडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने ६२ किलोमिटर हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको गुनासो आएपछि मन्त्री मगरले छलफल गरेकी हुन् । मन्त्री मगरले आगामी असार सम्म गर्न सकिने कामको विवरण, सडकमा धुलो र बर्खामा हिलो हुन नदिने उपायका बारेमा छलफल गरेकी थिइन् । असार सम्म माटो फिलिङ र ग्राभेलिङको आधा काम गर्न सकिने निर्माण व्यावसायीले जनाएका छन् । ‘तोकिएको समयमै काम सक्ने गरि काम भइरहेको छ, ‘निर्माण व्यावसायी रोशन भट्टले भने,– ‘हामी निर्धारित समयमै काम सक्छौँ ।’

हुलाकी आयोजना इन्जिनियर नरेन्द्र ओझाले निर्माण कार्य सन्तोषजनक रहेको बताए । दैजी देखि बेल्डाँडी सम्म २० किलोमिटर सडकखण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले रोकेपछि झण्डै चार महिना देखि काम ठप्प भएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo