पाँचथरको हिलिहाङ गाउँपालिका–७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ। स्थानीयको कुटपिटबाट घाइते बनेका उनको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।
सडक आयोजना अनुगमनका क्रममा हिलहाङ–७ तुम्फुलामा उनीमाथि स्थानीय भीम योक्पाङदेन र उनका छोरा मिलेर आक्रमण गरेका थिए । आक्रमणबाट घाइते बनेका उनको फिदिमस्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको र अस्पतालको रिफर गरिएको थियो। उनलाई थप उपचारका लागि झापा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
योक्पाङदेनका बाबुछोराविरुद्ध उनले यसअघि नै सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएका थिए । आक्रमणकारीहरु फरार भएको र उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया