अर्थतन्त्र निकै चुनौतिपूर्ण र जोखिम पूर्ण- अर्थमन्त्री

अर्थतन्त्र निकै चुनौतिपूर्ण र जोखिम पूर्ण- अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री ड़ा युवराज खतिवडाले देशको अर्थतन्त्र निकै चुनौतिपूर्ण र जोखिम पूर्ण रहेको बताएका छन । संसदमा देशको वर्तमान आर्थिक स्थितिबारे जानकारी गराउदै अर्थमन्त्री खतिवडाले पछिल्लो समयमा अर्थतन्त्रमा समस्याको चाङ रहेको बताएका हुन ।

राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जन अपेक्षा बढीरहेको सन्दर्भ उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक परिसूचक सकारात्मक नभएको बताएका छन। अनौपचारिक अर्थतन्त्र बढ्दा राजश्वको दायरा झनै संकुचन भएको बताउदै वर्तमान अवस्था चुनौतिपूर्ण रहेको अर्थमन्त्री खतिवडाको भनाई छ।

ड़ा खतिवडाले प्रतिबद्धता प्राप्त बैदेशिक सहायता पूर्ण रुपमा प्राप्त नभएको र प्राप्त भएको सहायता पनि उचित तरिकाले प्रयोग नभएको संसदमा जानकारी गराए ।

देशको समग्र आर्थिक अवस्था सकारात्मक नभएकाले बाम सरकारलाई आर्थिक समृद्धिका लागि जगैदेखि अर्थव्यवस्था निर्माण गर्ने अवसर भएको अर्थमन्त्री खतिवडाको भनाई छ। देशमा युवाशक्तिको लाभ उठाउदै अन्तराष्ट्रिय समुदायको बढ्दो सदभाबलाई आर्थिक समृद्धिमा रुपान्तरण गर्ने बिश्वास व्यक्त गरे।

शेयरबजारको सन्दर्भ उल्लेख गर्दै ड़ा खतिवडाले वर्तमान अवस्थामा आन्तरिक पुँजीबजार सबल र भरोसायोग्य नभएको जिकिर गरे। नेपालको पूँजी बजार धितोपत्रमा मात्र निर्भर भएकोले यसको विस्तार गर्न अपरिहार्य भएको उनको भनाई छ । उनले भने, ‘बैंक तथा वित्तिय संस्थामा भएको तरलता अभाव, उच्च ब्याजदर र बजारमा अत्याधिक सेयर आपूर्तिले पूँजी बजार शिथिल भएको छ ।’

Skip This
Skip This
Logo