उदयपुर
उदयपुर र सुनसरीको बीचमा रहेको सप्तकोसीमा व्यावसायिक रूपमा जेट बोट सञ्चालन गरिने भएको छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ उदयपुरको बेलका नगरपालिका–८ मा रहेको उदयपुर र सुनसरीको सिमाना चतराबाट उदयपुर, भोजपुर र धनकुटाको संगम सिम्ले सम्म जेट बोट सञ्चालनमा ल्याउन लागेको हो ।
विराटनगरबाट डेढ घण्टामा पुगिने चतराबाट १५ किलोमिटर हाराहारीको भोजपुरको सिम्ले पुग्न १५ मिनेट लाग्छ भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटारबाट साँढे दुई घण्टामा पुगिन्छ । बोट सञ्चालनपछि भोजपुर मात्र नभई धनकुटाको सिम्ले क्षेत्रका स्थानीय पनि अब दुई घण्टामै धरान तथा साँढे दुई घण्टामा इटहरी आउन सक्छन् । सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटारबाट आउँदा आठ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा हुने देखिएको छ ।
सप्तकोसी नदी हुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याउने तयारीमा रहेको छ । कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार यो परियोजना पर्यटन र पारवहन दुवै कोणमा सञ्चालन गरिएको हो । ३ करोड प्रारम्भिक लगानीको यो पर्यटकीय परियोजनाले सप्तकोसी किनारमा रिसोर्ट सञ्चालन गर्न, तमोर तथा सुनकोसीमा ¥याफ्ङि गर्न थप २ करोड लगानी थप्ने कार्ययोजनामा रहेको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । बराहक्षेत्रका प्रमुख निलम बस्नेत र उदयपुरको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले जेट बोट चढेर यसको परीक्षण सञ्चालन गरेका हुन् ।
राजधानीबाट





























प्रतिक्रिया