काठमाडौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकतामा बराबरी भागवण्ड हुनु पर्ने शर्त अघि सारेका छन् । दुवै पार्टीका समान सदस्य रहे मात्रै एमालेसँग एकता हुने जिकिर उनले गरेका हुन् । अखिल क्रान्तिकारीको प्रशिक्षणलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले एकतापछि पार्टीमा एमाले(माओवादीबाट बराबरी सदस्य रहनुपर्ने शर्त अघि सारेका हुन् ।
एक जना पनि घटबढ भएमा एकता हुँदैन, उनले भने, संगठन बनाउँदा दुवै पक्षका बराबर हुन्छन् । एक जना पनि तल माथि हुँदैन, बराबर नभए एकता हुँदैन ।’ तत्कालका लागि एमाले अध्यक्ष केपी ओली र आफू नयाँ पार्टीको अध्यक्ष हुने प्रचण्डले बताए । महाधिवेशनपछि एकीकृत पार्टीको म हुन्छु, प्रचण्डले भने ।
अन्नपूर्णबाट





























प्रतिक्रिया