काठमाडौं
निजगढ फास्ट ट्र्याक बनाउने जिम्मा लिएको सेनाले बारा र मकवानपुरका सडक क्षेत्रमा पर्ने १२ हजार रूख काटिसकेको छ । "/>

फास्ट ट्र्याक निर्माण दुई वर्ष भित्रै बनाइ सक्ने लक्ष्य

फास्ट ट्र्याक निर्माण दुई वर्ष भित्रै बनाइ सक्ने लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
निजगढ फास्ट ट्र्याक बनाउने जिम्मा लिएको सेनाले बारा र मकवानपुरका सडक क्षेत्रमा पर्ने १२ हजार रूख काटिसकेको छ । आठ किमि सडकमा माटो समेत भरिरहेको छ । प्राविधिक सेनानी राजेशकुमार देवका अनुसार सडकमा पर्ने झन्डै ३० हजार रूख काट्नु पर्नेछ । निजगढबाट पश्चिम नौ किमि सम्म सडक क्षेत्रमा पर्ने नौ हजार नौ सय २३ रूख काटिएको छ । हाल मकवानपुरको बुदुने र लामडाँडामा रूख कटान भइरहेको सहायक रथी भरतबहादुर खड्काले बताए ।

सो क्षेत्रमा करिब ८ हजार रूख कटान हुनेछ । अहिले सम्ममा करिब ४ हजार रूख कटान भएको खड्काले बताए । रूख कटानपछि बुदुनेमा सडक निर्माण सुरु हुने सहयक रथी खड्काले बताए । सामुदायिक वनबाट काटिएका रूख उपभोक्ता समिति र राष्ट्रिय वनबाट काटिएका सम्बन्धित जिल्लाको वन कार्यालयलाई बुझाउने प्राविधिक सेनानी राजेशकुमार देवले बताए । अहिले सम्म काटिएका रूख बुझाइ सकेको उनको भनार्इ छ ।

सेनाले निजगढको मोहरीमा क्याम्प खडा गरेर फास्ट ट्र्याक बनाइरहेको छ । तोकिएको समय दुई वर्ष भित्रै सडक बनाइ सक्ने लक्ष्य रहेको सहयक रथी खड्काले बताए । सेनाले बारामा पर्ने चुरे क्षेत्रको आठ किलोमिटर सडकमा माटो पनि भरिरहेको छ । हाल निजगढ जिरो किलोमिटर देखि आठ किलोमिटर सम्म माटो भर्ने र सम्याउने काम भइरहेको प्रमुख सेनानी भरतलाल श्रेष्ठले जानकारी दिए । सडक क्षेत्रमा पर्ने माटो परीक्षण पनि भइरहेको उनको भनार्इ छ । सेनाले निजगढकै मोहरीमा पहाड कटान पनि गरिरहेको छ । श्रेष्ठले भने, ‘हाल यो क्षेत्रको करिब ३५ प्रतिशत काम सकिएको छ ।’ सेनाले यसअघि खोलिएको ट्र्याक सफा गर्ने र मोडहरू मिलाउने काम पनि गरिरहेको उनको भनार्इ छ ।

नेपाली सेनाका प्राविधिक सेनानी राजेशकुमार देवका अनुसार फास्ट ट्र्याक चार लेनको आधुनिक र सुविधा सम्पन्न हुनेछ । ७६.२ किलोमिटर लामो हुने सडकको चौडाई पहाडी क्षेत्रमा २५ मिटर र तराईमा २७ मिटर हुने उनले बताए । निजगढ देखि काठमाडौं सम्म ९९ वटा पुल बन्ने देवले बताए । सडकको अनुमानित लागत एक खर्ब १२ अर्ब रहेको देवको भनार्इ छ । फास्ट ट्र्याक ललितपुरको खोकनाबाट सुरु हुनेछ । काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली, मकवानपुरको इपागढी, छतिवन र धियाल हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिनेछ ।
नयाँ पत्रिकाबाट

Logo