धनुषा
धनुषामा आठ वर्षीय बालकको अपहरण पश्चात हत्या भएको छ । कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । "/>

८ बर्षीय बालकको अपहरण पछि हत्या !

८ बर्षीय बालकको अपहरण पछि हत्या !

केन्द्रबिन्दु
0
Shares

धनुषा
धनुषामा आठ वर्षीय बालकको अपहरण पश्चात हत्या भएको छ । कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बालकको शव हिजो बिहान गाउँ नजिकै कुलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ ।

शनिबार साँझ देखि घरबाट बेपत्ता रमणको शव आइतबार बिहान स्थानीय बासिन्दाले कुलाको पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत बालकको शरीरमा घाउचोट र नीलडाम भेटिएकाले अपहरण गरी हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
रासस

Logo