काठमाडौं
ट्राफिक प्रहरीले शनिबार काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो । गृहमन्त्री राम बहादुर थापाले सरकारी सवारीसाधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो ।
शनिबार २० वटा चारपांग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो । बिदाका दिन पनि सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग हुने गरेको सूचना प्राप्त भएपछि गृहमन्त्री थापाले शुक्रबार साँझ महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनाललाई त्यस्ता सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।
शनिबार नियन्त्रणमा लिइएका सवारीसाधन स्वास्थ्य, सूचना तथा सञ्चार, कृषि विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका छन् । यस बाहेक नगरपालिकाका गाडी तथा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले सरकारी बिदामा दुरुपयोग गरिएका गाडी शनिबारबाट नियन्त्रणमा लिन सुरु गरिएको बताए ।
नागरिकबाट































प्रतिक्रिया