रसुवा
४२.५ मेगावाटको तल्लो सान्जेन जलविद्युत कम्पनीको पावर हाउस निर्माण काम रोकिएको छ । भारतीय कम्पनी एसीडब्लुले निर्माणको जिम्मा लिएपनि हिमाल हाइड्रोलाई निर्माण कार्यको जिम्मा दिएको थियो । "/>

ठेकेदारको लापर्वाहीले सेन्जेन जलविद्युतको काम रोकियो

ठेकेदारको लापर्वाहीले सेन्जेन जलविद्युतको काम रोकियो


रसुवा
४२.५ मेगावाटको तल्लो सान्जेन जलविद्युत कम्पनीको पावर हाउस निर्माण काम रोकिएको छ । भारतीय कम्पनी एसीडब्लुले निर्माणको जिम्मा लिएपनि हिमाल हाइड्रोलाई निर्माण कार्यको जिम्मा दिएको थियो । तर हिमाल हाइड्रोले काम गराएको कम्पनीलाई समयमा भुक्तानी नगर्दा पावर हाउस निर्माणको काम झण्डै तीन महिना देखि ठप्प छ । २०७५ साल माघ १ गते सम्म निर्माण सम्पन्न गरि सक्नु पर्ने लक्ष्य राखिएको आयोजनाको अहिले सम्म झण्डै ६० प्रतिशत मात्र काम भएको छ ।

सान्जेन जलविद्युत आयोजना प्रमुख गणेश केसीका अनुसार चार भागमा विभाजन गरेर काम भइरहेको छ । तर महत्वपूर्ण मानिएको पावर हाउस निर्माणको काम नै रोकिएको छ । आयोजना निर्माण गर्न भारतीय कम्पनी एसीडब्लु र नेपाली कम्पनी तुङ्दी कन्स्ट्रक्सनले संयुक्त रुपमा ठेक्का लिएका हुन् । जसमा एसीडब्लुले ७० प्रतिशत र तुङ्दीको भागमा ३० प्रतिशत काम परेको छ । कामको बाँडफाँट गर्दा पावर हाउस निर्माण एसीडब्लु र टनेलको काम तुङ्दीको भागमा परेको थियो । तुङ्दीले कामलाई निरन्तरता दिएपनि भारतीय कम्पनीले जिम्मा लिएको काम भने रोकिएको छ ।

भारतीय कम्पनीले जिम्मा लिएको ठेक्का आफूले २.५ प्रतिशत नाफा खाएर नेपाली कप्पनी हिमाल हाइड्रो कन्स्ट्रक्सलाई दिएको थियो । हिमालले ७ प्रतिशत नाफा खाएर फेरी पावर हाउसको सिभिल वर्कको काम गोमा एचजि कन्स्ट्रक्सनलाई दियो । हिमालले १० करोड ५७ लाख रुपैयाँमा एचजिलाई जिम्मा दिएको थियो । तर पावर हाउस निर्माणमा एसीडब्लुले गत कात्तिकमै रकम भुक्तानी दिएपनि हिमाल हाइड्रोले गोमालाई भुक्तानी दिन नमानेको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

Logo