काठमाडौं
एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम कसरतमा रहेको संघीय समाजवादी फोरम नेपाल शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा सामेल हुन सकेन । "/>

फोरम किन गएन सरकारमा ? यस्तो छ मुख्य कारण …!

फोरम किन गएन सरकारमा ? यस्तो छ मुख्य कारण …!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम कसरतमा रहेको संघीय समाजवादी फोरम नेपाल शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा सामेल हुन सकेन । पार्टी भित्र मन्त्री बन्ने नेताहरूको नाममा सहमति जुट्न नसक्दा फोरम एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा शुक्रबार सहभागी हुन नसकेको हो ।

स्रोतका अनुसार पार्टीबाट सरकारमा पठाउन लागिएका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाममा पार्टीका अधिकांश नेताले चर्को विमति जनाएपछि अलमलमा परेका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार सरकारमा जाने पार्टी नेताका नाम सिफारिस गर्न सकेनन् । सरकारमा पार्टीको नेतृत्व अध्यक्ष यादवले गर्नु पर्नेमा भने नेताहरू सहमत छन् । फोरमका नेताहरूले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधनमा लिखित सहमति नभएकाले पार्टी सरकारमा नगएको दाबी गरेका छन् ।

पार्टी अध्यक्ष यादवले धुलिखेलमा पार्टीका सांसदलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा सरिता गिरी बाहेक पार्टीका सबै सांसद छन् । संसद बैठकमा सहभागी हुन शुक्रबार दिउँसो काठमाडौं आएका फोरमका सबै सांसद शुक्रबार साँझ पुनः धुलिखेल फर्केका छन् । सहअध्यक्ष श्रेष्ठ भने व्यवहारिक कारण देखाएर शुक्रबार धुलिखेल गएनन् । शुक्रबार बिहान सम्म फोरमबाट आफ्नो र श्रेष्ठको नाम पठाउने तयारी गरेका यादवले श्रेष्ठको नाममा पार्टी भित्र एकमत हुन नसक्दा नाम सिफारिस गर्न हच्किएका हुन् ।
नागरिकबाट

Skip This
Skip This
Logo