सुरुङ्गा
विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ । "/>

बाउन्सरको प्रयोग गरेर आफ्नै साथीको हत्या

बाउन्सरको प्रयोग गरेर आफ्नै साथीको हत्या

केन्द्रबिन्दु
0
Shares

सुरुङ्गा
विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ । उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको खुलासा भएको हो । गत फागुन २० गते देखि बेपत्ता बनेका साजनलाई पारसले विर्तामोडस्थित आफ्नै घरमा पु¥याएर हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरी घटनाका विषयमा जानकारी गराएको हो ।

घटनामा संलग्न भएको भन्दै ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय देवसहित विर्तामोड–८ त्रिवेणी टोल निवासी १९ वर्षीय दीपेश पौडेल र तेह्रथुमको छातेढुंगा– ८ घर भई विर्तामोड– ३ सैनिक मोड बस्दै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुलाई मानव अपहरण तथा शरीर बन्धक, खुन डाका र संगठित अपराध अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केशीले जानकारी दिए । पक्राउ परेका ओली माओवादीका पूर्व लडाकु भएको हुन् । उनी ऋद्धिसिद्धि ज्वेलर्समा ‘वाउन्सर’का रुपमा कार्यरत रहेको बताइएको छ ।
अन्नपूर्णबाट

Logo