बुटवल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाबाट ७६ प्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकमा ८७ मध्ये ६६ सदस्यले सरकारको पक्षमा मतदान गरे । "/>

प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई कांग्रेस बाहेक सबैको विश्वास

प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई कांग्रेस बाहेक सबैको विश्वास

केन्द्रबिन्दु
0
Shares

बुटवल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाबाट ७६ प्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकमा ८७ मध्ये ६६ सदस्यले सरकारको पक्षमा मतदान गरे । विपक्षमा कांग्रेसको १८ मत मात्रै पर्यो ।

प्रदेश सभामा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनमोर्चा र राजपाका एक–एक सदस्य छन् । राजपा सांसदले शपथ पनि नलिई पद अस्वीकार गरेकाले सभामा उनको उपस्थिति थिएन । कांग्रेसका १९ मध्ये एक सदस्य अनुपस्थित थिए । एमाले संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गत ३ फागुनमा तीन सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo