काठमाडौँ,
मुलुकमा स्मार्ट मोबाइल फोन प्रयोगकर्ता तीव्र गतिमा बढिरहेको देखिएको छ । एक प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीको पछिल्लो तथ्यांक अनुसार एक वर्षमा स्मार्ट मोबाइल फोन प्रयोगकर्ता १० प्रतिशतले बढेका छन् ।
निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक एनसेलका प्रमुख लगानीकर्ता आजियाटाले निकालेको २०१७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार उसका ग्राहक मध्ये ५२ प्रतिशतले स्मार्ट मोबाइल प्रयोग गरिरहेका छन् । गत वर्ष सन २०१६ को अन्त सम्ममा यो संख्या ४२ प्रतिशत मात्र रहेको उसले २०१७, डिसेम्बर अन्तिम साता निकालेको तथ्यांकमा उल्लेख छ । आजियाटाको वित्तीय विवरण अनुसार एनसेलका ग्राहक संख्या एक करोड ६४ लाख ३३ हजार पुगेका छन् । यो संख्यालाई ५२ प्रतिशतले हिसाब गर्दा एनसेलका ८५ लाख ४५ हजार एक सय ६० ग्राहकले स्मार्ट मोबाइल फोन प्रयोग गरिरहेको देखिन्छ ।
आजियाटाको तथ्यांक अनुसार सन् २०१६ जुन सम्ममा उसका ग्राहक मध्ये ३६ प्रतिशतले स्मार्ट मोबाइल प्रयोग गर्थे । त्यसयता हरेक तीन महिनामा झन्डै तीन प्रतिशतका दरले स्मार्ट मोबाइल फोन प्रयोगकर्ता वृद्धि भइरहेका छन् । सन् २०१६ को दोस्रो त्रैमासिक विवरण अनुसार यो संख्या ३९ प्रतिशत रहेकोमा उक्त वर्षको अत्य सम्म आइपुग्दा तीन प्रतिशतले वृद्धि हुँदै ४२ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी सन् २०१७ को पहिलो त्रैमासिकमा ४४ प्रतिशत, दोस्रो त्रैमासिकमा ४७ प्रतिशत, तेस्रो त्रैमासिकमा ४९ हुँदै चौथो त्रैमासिकमा ५२ प्रतिशत पुगेको छ ।
नागरिकबाट





























प्रतिक्रिया