बिमान दुर्घटना अपडेट: मृतकको संख्या ४० नाघ्यो, ४ जनाको सनाखत

बिमान दुर्घटना अपडेट: मृतकको संख्या ४० नाघ्यो, ४ जनाको सनाखत

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटना सम्बन्धमा पत्रकार सम्मेलन सम्पन्न भएको छ। बंगलादेशबाट नेपाल आएको युएस बंगलाको ७३८ एयर क्राफ्टमा चालक दलका ४ सदस्य सहित कुल ७१ जना सवार थिए।

विमानले जमिनमा टेक्न अगाडी नै इन्जिनमा आगो लागेको बिज्ञप्तिमा उल्लेख छ। नेपाली समय अनुसार दिउँसो २ बजेर १८ मिनेट जाँदा दुर्घटना भएको जनाइएको छ। नागरिक उड्यन प्राधिकरण, त्रिभुवन विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना थिए ।

कुल ७१ यात्रु मध्ये ३३ जना नेपाली रहेको पुष्टि भएको छ। ३३ मध्ये २८ महिला र २ बालबालिका रहेको खुल्न आएको छ। बाँकी बंगलादेशका नागरिक सहित बिदेशी नागरिकहरु छन। प्राप्त जानकारी अनुसार १० जना यात्रु अझै हराइरहेका छन भने जहाज भित्र नै २५ यात्रुको मृत्यु भएको छ भने बाँकीको उपचारको क्रममा मृत्यु भएको छ। अहिलेसम्म कुल ४० जनाको मृत्यु भएको छ भने यो संख्या अझै बढ्ने अनुमान गरिएको छ। 

केएमसी अस्पतालमा उपचारका लागि लगिएका २५ मध्ये ८ जनाको मृत्यु भएको पुष्टि भएको छ। ८ मध्ये ४ जनाको सनाखत भएको अस्पताल स्रोतले जनाएको छ। मृत्यु हुनेमा सजना देबकोटा, रबिना चित्रकार, हरिचन्द्र पौडेल, रोकिबुल हसन रहेको बताइएको छ।

Skip This
Skip This
Logo