त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाको बास्तबिकता बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादल घटनास्थलमा पुगेका छन् ।
दुर्घटनामा मृतक २० जनाको शब् निकालिएको छ। घाइते अबस्थामा उद्धार गरिएकाहरुको नर्भिक अस्पताल र केएमसी सिनामंगलमा उपचार भैरहेको छ ।
बंगलादेशको ढाकाबाट आएको युएस बंगला ७३८ एयर क्राफ्ट अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भएको हो। ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घना भएकाे हो। विमानमा रनवे मै आगो लागेको थियो भने आगलागीबाट विमान पूर्ण रुपमा क्षति भएको छ।
विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए।बिमानका पाइलट सुझबुझ पूर्ण ढंगले बिमानलाई रनवे बाहिर लैजाँदा ठुलो दुर्घटना टरेको प्रत्यक्षदर्शीले बताएका छन। उनका अनुसार यदि पाइलटले रनवे तर्फ नै प्लेन नलगेका भए अन्य विमानमा आगो लाग्ने सम्भावना अधिक थियो।





























प्रतिक्रिया