पाल्पा
शरीरका कोषहरू बढ्नु वा बाँडिएर शरीरमा समस्या उत्पन्न हुने अवस्था क्यान्सर हो । नेपालमा पछिल्लो समय वर्षेनी चालिस हजार नयाँ क्यान्सर रोगीहरु थपिँदै गएकोे नेपाल हृदयरोग निवारण प्रतिष्ठानका महासचिव डा. प्रकाशराज रेग्मीले बताएका छन् । "/>

वर्षेनी ४० हजार क्यान्सर रोगी थपिँदै

वर्षेनी ४० हजार क्यान्सर रोगी थपिँदै

केन्द्रबिन्दु
0
Shares

पाल्पा
शरीरका कोषहरू बढ्नु वा बाँडिएर शरीरमा समस्या उत्पन्न हुने अवस्था क्यान्सर हो । नेपालमा पछिल्लो समय वर्षेनी चालिस हजार नयाँ क्यान्सर रोगीहरु थपिँदै गएकोे नेपाल हृदयरोग निवारण प्रतिष्ठानका महासचिव डा. प्रकाशराज रेग्मीले बताएका छन् ।

उनले क्यान्सर वंशाणुगत, चुरोट वा खैनी सेवन, मोटो शरीर, वातावरणको प्रदूषण, खानामा प्रयोग हुने केमिकल र कीटनाशकहरूबाट उत्पन्न हुने गरेको बताएका हुन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले स्वस्थ जीवनशैली अवलम्बन नगर्दा स्वास्थ्यमा गडबडी उत्पन्न हुने गरेको बताए । तानसेनमा जनता जागरण कार्यक्रम गर्दै रेग्मीले स्वास्थ्यसँग आध्यात्मिक कुराहरु ध्यान र योगको सम्बन्ध रहेको बताए ।

‘योगमा पनि ध्यान गर्न सकिने र भित्री सफ्टवेयरलाई परिवर्तन गर्न सकिएमा जीवन स्वस्थ रहन्छ । यसका लागि सन्तुलित खानाको आवश्यकता पर्दछ । रसायनयुक्त खानाले स्वास्थ्यलाई खराब गरिरहेको हुन्छ,’–डा. रेग्मीले भने, ‘विशिष्ट व्यक्तिहरु अझ रोगको शिकार हुने गरेका छन् । उनीहरुको खाना पनि सन्तुलित हुँदैन । त्यसैले लाईफ स्टाईल परिवर्तन गर्न सक्नुपर्छ ।’ उनले नेपालीहरु ५ ग्राम नुन खाए पुग्नेमा ११ ग्राम खाँदै आएको, रसायनयुक्त खाना, चिल्लो, पिरो, अमिलो प्रयोग गर्ने बानी रहेका कारण मुटु रोगबाट पीडित हुनु परेको बताए । उनी भन्छन्, ‘डायबिटीज हुनु नै मुटुरोग हुनु हो । एउटै प्रकृति भएकै कारण शरिरमा विकृति उत्पन्न हुन्छ । मुटु बचाउने हो भने डायबिटीज रोगीले आँखा, मुटु र अन्य बचाउने गरी औषधी गर्नु पर्छ । यसका लागि सन्तुलित खाना समेत खानुपर्छ ।’
नागरिकबाट

Logo