काठमाडौँ
नेकपा माओवादी केन्द्रलाई सभामुखको उम्मेदवार छनोट गर्न सकस परेको छ । पार्टी भित्र आधा दर्जन नेताले सभामुख बन्न इच्छा देखाउँदै लबिङ समेत थालेका छन् । "/>

आधा दर्जन नेता आकांक्षी भएपछि माओवादीलाई सभामुख छान्न सकस

आधा दर्जन नेता आकांक्षी भएपछि माओवादीलाई सभामुख छान्न सकस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेकपा माओवादी केन्द्रलाई सभामुखको उम्मेदवार छनोट गर्न सकस परेको छ । पार्टी भित्र आधा दर्जन नेताले सभामुख बन्न इच्छा देखाउँदै लबिङ समेत थालेका छन् । आकांक्षी धेरै भएसँगै सभामुख छनोट र नेताहरूको व्यवस्थापन गर्न माओवादीलाई अप्ठ्यारो परेको हो । केही समय अघि गृहमन्त्री चयन गर्न ठूलो सकसमा फसेको माओवादी केन्द्रलाई सभामुख उम्मेदवार चयन गर्न पनि उस्तै हम्मे परेको हो ।शनिबार बस्ने संघीय संसद्को बैठकले प्रतिनिधिसभाको सभामुख चयन गर्नेछ । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख एकएक पार्टीले बाँडफाँट गरेकाले सभामुख माओवादीको भागमा परेको छ । गठबन्धनका कारण वाम गठबन्धनका उम्मेदवार नै सभामुख बन्ने निश्चित जस्तै छ ।

माओवादी नेता कृष्ण बहादुर महराले सभामुखका लागि दाबी गर्दै आएका छन् । उनले सभामुख बन्न लबिङलाई समेत तीव्र बनाएर लगेका छन् । निवर्तमान सभामुख ओनसरी घर्तीले पनि दोहोरिने इच्छा देखाएकी छिन् । उनले पूरा कार्यकाल पदमा बस्न नपाएको भन्दै पुनः दोहोरिने इच्छा प्रकट गरेकी हुन् । एमालेले राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई नै दोहो¥याउने निर्णय गरेसँगै घर्तीले पनि आफ्नो दाबीलाई अझै बढाउने देखिएको छ ।

नेता महराले सभामुखका लागि लबिङ गरिरहेका बेला घर्तीलाई सभामुख बनाउन उनका श्रीमान् वर्षमान पुन पनि चर्को लबिङमा छन् । माओवादी सचिवालय सदस्य गिरिराजमणी पोखरेलले पनि इच्छा देखाएका छन् । पार्टी वरिष्ठ नेता नारायणकाजी समूहका पोखरेलले मन्त्री भन्दा पनि सभामुखमा बढी चासो देखाएको बताइएको छ । तर पार्टीले उनलाई सरकारमा पठाउने तयारी समेत गरिरहेको स्रोत बताउँछ ।
राजधानीबाट

Logo