बाजुरा
शिक्षक र कर्मचारीले पढाइ दिने भन्दै लगेका बाजुराको गौमुल गाउँपालिका–४ र ५ का १४ वर्ष मुनिका ५५ बालबालिकालाई घरेलु काममा लगाएका छन् । "/>

पढाउन भन्दै लगिएका ५५ बालबालिकालाई बनाइयो घरेलु कामदार !

पढाउन भन्दै लगिएका ५५ बालबालिकालाई बनाइयो घरेलु कामदार !

केन्द्रबिन्दु
0
Shares

बाजुरा
शिक्षक र कर्मचारीले पढाइ दिने भन्दै लगेका बाजुराको गौमुल गाउँपालिका–४ र ५ का १४ वर्ष मुनिका ५५ बालबालिकालाई घरेलु काममा लगाएका छन् । पाँच बालबालिका फर्केर आएपछि घरेलु काममा लगाएको खुलेको हो । जागिर खान बाजुरा आएका शिक्षक तथा कर्मचारीले पढाइ दिने आश्वासन दिएर बालबालिकालाई आफूसँगै लग्ने गरेका हुन् । गौमुल–५ का १४ सुरेश रोकायालाई ‘राम्रो स्कुलमा पढाइ दिन्छु’ भन्दै जतेन्द्र मल्लले धनगढी लगेका थिए । उनी भागेर आएपछि घरेलु काममा लगाउने गरेको थाहा भएको उनकी आमा झुमा रोकायाले बताइन्  । ‘स्कुल त के लगाउँथे, घरको काम गराउन लगेका रहेछन्’ झुमाले भनिन् ।

एक वर्ष अघि धनगढी लगिएका उनले स्कुल जान नपाएको बताए । ‘भाँडाकुँडा माझ्ने, खाना पकाउने, बजारबाट सामान किनेर ल्याउने काम गराउँथे’ भागेर घर फर्केका सुरेशले भने । उनीसँगै विभिन्न ठाउँ लगिएका मानकोटकै भविन्द्र रोकाया, देवेन्द्र रोकाया, प्रविन रोकाया र नरेन्द्र रोकाया भागेर फर्किएका हुन् । उनीहरूले पनि स्कुल जान नपाएको बताए । घरको काममा मात्रै लगाउने गरेको प्रविनको भनार्इ छ ।

गाउँ फर्किएका पाँच बालबालिकाले घरेलु काममा नै लगाउने गरेको बताएपछि अन्य बालबालिकाका अभिभावकले पनि आ–आफ्ना बालबालिकासँग सम्पर्क गरेका थिए । उनीहरूलाई पनि घरेलु काममै लगाएको पाइएको स्थानीय बासिन्दाले बताए । दुई छोराछोरीलाई पढाउन भनेर लगेका शिक्षकहरूले घरको काममा लगाएको स्थानीय बासिन्दा केशव बहादुर रोकायाले बताए । उनी १४ वर्षीय छोरी अस्मितालाई जतेन्द्र मल्लले नेपालगन्ज र १२ वर्षीय छोरा भुविन्द्रलाई गजेन्द्र सिंहले काठमाडौं लगेका थिए । ‘स्कुल पढाइदिन्छु भनेर लगेका थिए, घरको काममा लगाएको छ भन्ने खबर पाएँ’ केशवले भने ।
नयाँपत्रिकाबाट

Logo