काठमाडौं
कमलपोखरी स्थित सिटी सेन्टरमा कार्यरत सेक्युरिटी गार्ड रवीन खवास भुजेलको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको मेलुङग गाउँपालिका वडा नम्बर ३ हाडी गाउँ ( साविक पवटी गाविस वडा नम्बर ३) बस्ने रुद्र बहादुर बस्नेतलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । मृतक रवीन खवास शुक्रबार बिहान ३ः२० बजे सिटी सेन्टर भवनको भुइँतलामा खसेको अवस्थामा भेटिएका थिए ।
रुद्र बस्नेत र मृतक रवीनले शुक्रबार राति मादक पदार्थ सेवन गरेका थिए । नसामा रहेका दुई बीच सामान्य विवाद भएको र रवीनको मुख र नाक जबरजस्ती थिची मारेपछि सिटीसेन्टरको चौथो तल्लाबाट खसालेको बस्नेतले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो । मृतक रवीन र बस्नेत सिटी सेन्टरको बिग मूभिजमा ग्रुप फोर कम्पनी मार्फत सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए । कर्तव्य ज्याद मुद्दामा बस्नेतलाई म्याद थप गरी अनुसन्धान थालिएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया