प्रधानमन्त्री निवासमा अत्याधुनिक हेलिप्याड निर्माण

प्रधानमन्त्री निवासमा अत्याधुनिक हेलिप्याड निर्माण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएकाे छ ।

नागरिक उड्डयन प्राधिकरण (CAAN) काे मापदण्डअनुसार हेलिप्याड निर्माण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओली संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार नवनिर्मित हेलिप्याडबाट नै पहिलाे उडान गरिएकाे थियाे ।  साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएकाे थियाे ।

अब बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने थापाले जानकारी दिए ।

Skip This
Skip This
Logo