काठमाडौं । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरुलाई दुबै पार्टीका अध्यक्षहरुले आज शनिवार ११ बजे संयुक्त प्रशिक्षण दिने भएका छन्।
संघिय सांसदहरुको शपथको पूर्व सन्ध्यामा नयाँ बानेश्वरस्थित संसद भवनमा दुबै दलका संसदहरुलार्इ एकैसाथ प्रशिक्षण दिने कार्यक्रम राखिएको छ। एमाले केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशिक्षण दिने छन ।
बैठकमा प्रस्तुत हुने तरिका सिकाउन र दुई पार्टीका सांसदहरुको गतिविधिमा एकरुपता ल्याउन एमाले–माओवादीका सांसदहरुलाई सविधान सभाका अध्यक्ष सुवास नेम्बाङ्गले प्रशिक्षण दिने छन । नेताहरुले सांसदहरुलाई समयसामयिक राजनीतिक विषय र एकीकरण प्रक्रियालगायत विषयमा समेत दुई पार्टीका अध्यक्षले जानकारी दिने बताइएको छ ।
संसदको पहिलो बैठक २१ गते बस्दैछ। त्यसअघि प्रतिनिधिसभाका सांसद्हरुको सपथ हुँदैछ।





























प्रतिक्रिया