काठमाडौं । नर्भिक इन्टरनेसलन हस्पिटलमा कार्यरत दुई चिकित्सकको लाइसेन्स खारेज गर्न चिकित्सक र सर्वसाधारणले हरेक दिन जसो दबाब दिन थालेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकमा कार्यरत दुई चिकित्सक डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न दबाब आइरहेको काउन्सिल इथिकल कमिटीका संयोजक ढुन्डीराज पौडेलले बताए ।
११ फागुनमा चितवनकी ३८ वर्षीया बिन्दु पौडेलको देब्रे खुट्टाको अप्रेसन गर्नु पर्नेमा नर्भिकमा कार्यरत डा. नेपाल र रञ्जितकारले दाहिने खुट्टाको अप्रेसन गरेका थिए । ‘सो घटनापछि चिकित्सकले लापर्बाही गरेको भन्दै लाइसेन्स रद्द गर्न दबाब आइरहेको छ ।’ काउन्सिल इथिकल कमिटीका संयोजक डा. पौडेलले भने, ‘डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारलाई सफार्इ दिए चिकित्सक माथिको जनताको विश्वास थप घट्नेछ । चिकित्सक माथि हुने आक्रमण झन बढ्ने देखिन्छ ।’
नर्भिक अस्पतालमा सो घटना भए यता काउन्सिलमा हरेक दिन दशौं जना चिकित्सक र सर्वसाधारणले दोषी चिकित्सकको लाइसेन्स खारेज गर्न दबाब दिएको काउन्सिलले जनाएको छ । उपचारका क्रममा चिकित्सकले लापर्बाही गरेको भन्दै हरेक महिनाजसो चिकित्सक माथि आक्रमण पनि हुँदै आएको छ । मेडिकल काउन्सिल स्रोतका अनुसार चिकित्सक माथि जनताको विश्वास बढाउन पनि नर्भिकका दुई चिकित्सकको लाइसेन्स खारेज अनिवार्य छ । नयाँपत्रिकाबाट





























प्रतिक्रिया