ललितपुर
१५ महिना भित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्क विहीन भएका छन् । "/>

७० लाखमा आधा पिलर , ठेकेदार फरार !

७० लाखमा आधा पिलर , ठेकेदार फरार !

केन्द्रबिन्दु
0
Shares

ललितपुर
१५ महिना भित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्क विहीन भएका छन् । चार वर्ष अघि ठेकेदार श्याम बहादुर तामाङले त्रिशूली कन्स्ट्रक्सन मार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीसँग वाग्मती गाउँपालिकास्थित ठोस्ने खोलाको पुल निर्माणका लागि सम्झौता गरेका थिए । तिनै ठेकेदार अहिले काम अलपत्र पारेर सम्पर्क विहीन भएको जिल्ला प्राविधिक कार्यालय ललितपुरले जानकारी दिएको छ ।

वाग्मती गाउँपालिकामा पर्ने (छपेली–भट्टेडाँडा–इकुडोल) सडक अन्तर्गत टुंगुन कोरिडोरमा पर्ने भट्टेडाँडा र इकुडोललाई जोड्ने पुल निर्माण १५ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । तर काम अघि बढ्न नसकेको प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रामेश्वर मरहठ्ठाले बताए । स्थानीयले भने दुवै पक्ष दोषी रहेको भन्दै आक्रोश पोखेका छन् । ठेकेदारले काममा ढिलासुस्ती गर्नु भनेको जिल्ला प्राविधिक कार्यालयको कमजोरी भएको कांग्रेसका तत्कालीन जिल्ला सचिव रविन शर्माको भनार्इ छ ।

पुल निर्माणको जिम्मा लिएको ठेकेदार सम्पर्क विहीन भए पनि मुलुक छाडेर कतै नगएको र उसलाई समात्न सकिने उनले बताए । ‘पिलर सम्पन्न नगरी जिल्ला प्राविधिक कार्यालयले किन यति धेरै पैसा दियो ? ’, उनले प्रश्न गरे । खोलामा पुल नहुँदा बर्खामा बाटो बन्द हुने स्थानीयवासीको भनार्इ छ । ‘यसै समस्यालाई दृष्टिगत गरी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय सम्म पुगेर पुलको योजना पारेको थिएँ । तर ठेकेदारका कारण जनताले सास्ती पाए । काम गर्छु भनेपछि पूरा गर्नुपर्छ’, शर्माले भने ।
अन्नपूर्णबाट

Logo