प्युठान
नेपाल विद्युत प्राधिकरण प्यूठान शाखाले बिजुलीको महशुल तिर्न महशुल काउण्टर धाउनै पर्ने बाध्यताको अन्त्य गर्दै अनलाईन भुक्तानी प्रणाली शुरु गरेको छ । "/>

प्यूठानमा बिद्युतको महशुल अब घरबाटै

प्यूठानमा बिद्युतको महशुल अब घरबाटै

केन्द्रबिन्दु
0
Shares

प्युठान
नेपाल विद्युत प्राधिकरण प्यूठान शाखाले बिजुलीको महशुल तिर्न महशुल काउण्टर धाउनै पर्ने बाध्यताको अन्त्य गर्दै अनलाईन भुक्तानी प्रणाली शुरु गरेको छ । बिजुली महशुल भन्दा बढी रकम खर्च गरेर कतिपय ठाउँमा बिल तिर्न उपभोक्ताहरू जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्राधिकरणले गत मंगलवार देखि प्यूठानमा मोबाइल तथा वेबबाट बिद्युत महशुल भुक्तानी सेवा शुरु गरेको हो ।

डिजिटल वालेट इसेवा, सिटी एक्स्प्रेस, इनभेष्टमेण्ट बैंक, प्रभु बैंक लगायतबाट विजुलीको महशुल घरबाटै अनलाइन भुक्तानी गर्न सकिने नेपाल विद्युत प्राधिकरण प्यूठान शाखाका प्रमुख रमेश बन्जाडेले जानकारी दिए । दुई दशक अघि देखि प्यूठानमा विद्युत बितरण कार्य गर्दै आएको विद्युत प्राधिकरणका करिव १९ हजार ५०० ग्राहक रहेका छन् । प्राधिकरणले महशुल भुक्तानीका लागि जुम्रि र खलंगामा स्थायी काउण्टर र बाहने, भिंग्री, मच्छीमा अस्थायी काउण्टर राखेको नेपाल विद्युत प्राधिकरणका मिटर रिडर राममणि रिजालले जानकारी दिए ।

विद्युत महशुल भुक्तानीका लागि ग्राहकले महशुल भन्दा कैयौं गुणा बढि रकम खर्च गर्नु पर्ने बाध्यता अनलाइन भुक्तानीका कारण अन्त्य भएको बताइएको छ । नेपाल विद्युत प्राधिकरणका प्रत्येक ग्राहकले आफ्नै मोबाइल, बैंक खाता र नजिकै रहेका सेवा प्रदायकका काउन्टरबाट भुक्तानी गर्न सक्ने व्यवस्था भएबाट प्राधिकरणको काउन्टर सम्म सयौं रुपैयाँ खर्च गरेर पुग्नु पर्ने समस्याबाट मुक्ती मिल्ने विश्वास गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo