जय नेपाल,

आच्य, लाल सलाम । माफ गर्नुहोला दर्शकविन्द, टङ स्लिप भएकोमा । "/>

बुरा नमानो होली है.. बालकोटबाट लाइभ

बुरा नमानो होली है.. बालकोटबाट लाइभ


जय नेपाल,

आच्य, लाल सलाम । माफ गर्नुहोला दर्शकविन्द, टङ स्लिप भएकोमा । प्राविधिक मिस्टेक ।

आज हामी तपाईहरुलाई जुन घटनाको विवरण पेश गर्दैछौं, त्यो निकै अनौठो छ । प्रसंग भूतको हो । हुन त तपाईलाई लाग्ला, एक्काइसौं सताब्दीमा के को भूत ? डिजिटल युगमा के तर्साउने कुरा ? तर, हामीसँग यसको प्रमाण छ । भिडियो फुटेज छ । अडियो छ । हो, तपाईलाई सप्रमाण भूत देखाउँदैछौं ।
लागौं, बालकोटतिर ।

दर्शक, कोटेश्वरमा सधै यस्तै जाम हुन्छ । जाम हामीले गर्या होइन । हतार नगर्नुहोला एक/डेढ घण्टामा हामी पेप्सिकोला छिचोल्नेछौं । ट्राफिक महाशाखाको कुर्सीमा बिराजमान सर्वेन्द खनाल सोच्दा हुन् कोटेश्वरको जामबारे ‘हु केयर्स’ ? हुनपनि अघि अघि साइरन थर्काउँदै हिँड्ने प्रधानमन्त्रीलाई यो जामले छेकेको छैन । उनले लोन मिचे पनि भयो, विपरित दिशाको बाटो प्रयोग गरेपनि भयो । अरुको ‘हु केयर्स ?’

खनाल ज्यु भन्नुहुन्छ, ‘मुग्लिङको सडक बिग्रिएर कोटेश्वरमा जाम भयो ।’ कुरा सोह्रै आना सही हो । विपि राजमार्ग नबनेको भए कोटेश्वरमा भुत्राको जाम हुन्थ्यो ?  दर्शकवृन्द जाम खुल्दैछ । अब हामी बालकोट लाग्दैछौं । बालकोट नपुगेसम्म कर्मशियल ब्रेक । यो ब्रेकमा पनि तपाई भरपुर आनन्द लिन सक्नुहुनेछ । किनभने हामीले कर्मशियल ब्रेकलाई कर्मशियल एक्सलेटर बनाएका छौं ।

जनता जान्न चाहन्छ, एलिजाको डान्स हेर्दा धमलालाई कस्तो लाग्छ ? भन्न त मान्छेहरु के भन्छन् भने, ‘राम्रीसँग बिहे गर्न धेरै पढ्नुपर्छ । विद्वान हुनुपर्छ ।’

एसएलसीमा बोर्ड टपर, राजनीतिमा बोर्ड सेकेन्ड रनर अप । अर्थात डा. बाबुराम भट्टराईले त्यही भएर राम्री पाएका होलान् । कसो ? एसएसलसीमा ‘कक्षा चढाइयो’ भएर पनि ऋषि धमलाको जस्तो हुनुपर्छ, श्रीमती त । ल यो नृत्य हेर्नुहोस् त उनी रेखा थापा भन्दा कम छिन् ?

धमलाले ठिक गरे । उनी प्रचन्डजस्तै रेखा थापासँग नाच्ने हो र ? नाचे आफ्नै श्रीमतीसँग नाच्ने हो नि । आफ्नै श्रीमती हिरोइन बनाएपछि अरुलाई हेरेर र्‍याल चुहाइरहनु परेन क्यार । धमलाको आइडिया ठिक । आफै लगानी गर्ने । आफ्नै पत्नीलाई हिरोइन बनाउने । घरवाली नै हिरोइन भएपछि अरु के चाहियो ?

धमलाले ‘खप्परमा लेखेरै आएको’ हो । हेनुहोस् त, पत्नी एलिजा गौतमले यति रहरलाग्दा तिघ्रा देखाउँदै कम्मर मर्काएपछि धमलालाई सहीसक्नु भयो होला त ? जनता जान्न चाहन्छ, ‘धमला ज्यू तपाईले यतिबेला कस्तो फिल गरिरहनुभएको छ ?’

सेलिब्रेटी अफ द इयर
यसपाली ‘सेलिब्रेटी अफ द इयर’ मा पर्न सफल हुनुभएको छ, मिना ढकाल । मिना ढकाल को हुन् भनेर तपाईलाई चिनाइरहनुपर्दैन । केही समयअघि उहाँले पत्रपत्रिकाको पाना रंगाइसक्नुभएको छ ।

सामाजिक सञ्जाललाई मलजल गरिसक्नुभएको छ । अनलाइन र युट्युवको खेतीपाती बढाइसक्नुभएको छ । उहाँ निकै चर्चित हुनुभएको छ । अहिले मिना ढकालको सुमधुर स्वरले सजिएको गीत बजारमा आइसकेको छ । गीतमा उनी भन्छिन्, आँखा जुध्यो, त्यो मनले यो मनलाई गाँस्यो । थाहै नपाई …।’

दर्शकवृन्द गीत भनेको यस्तो हुनुपर्छ । हामीले त मिना ज्युलाई नेपालका साकिरा नै भनेका छौ । नेपालमा कुनै दिन विश्वकप फूटबल आयोजना भयो भने मिना ढकालको धमकेदार प्रस्तुती हेर्न सकिनेछ ।

उहाँको गीत लेखिदिने, गीत गाउन उत्प्रेरित गर्ने, संगीत भरिदिने, रेकर्ड गरिदिने विशिष्ठ महानुभावहरुलाई विश्वकपकै दौरान दोसल्ला ओडाएर पूर्व–पश्चिम रथयात्रा गराइनेछ ।

सरस्वती लामा केले चल्छ ? दर्शकवृन्द यसपाली ‘सुर न ताल’ शीर्षकमा पर्नुभएको छ, सरस्वती लामा । नव प्रतिभाशाली गायिका सरस्वती लामाको बारेमा त तपाईले सुन्नुभएकै होला । सुन्नु त के, युट्युवमा सर्च गर्दै कति पटक हेरिसक्नुभएको होला । हो पनि, सरस्वती लामा सुन्ने गायिका होइन हेर्ने गायिका हुन् । उनी गीत गाउँदैनन्, देखाइदिन्छन् । देखाउने कुरा सुनेर भयो त ?

पश्चिम तराइका दर्शकहरुलाई पनि उनले देखाइदिछन् । देखाएपछि के हुन्छ ? जे नहुनु त्यही भयो । युवा दर्शकलाई थामिनसक्नु भएछ । उनीहरुले सार्वजनिक स्थानमै लुगा उतार्न थाले । जति जति सरस्वती लामाले लुगा खोल्छिन्, उति उति युवा दर्शकले पनि लुगा खोल्दै गए । त्यसपछि के भयो ? त्यो तपाई आफै अनुमान गर्नुहोस् ।

अहिले युट्युबको जमाना छ । युट्युबमा गीत गाउने जो पनि हिट । जस्तो पनि गीत । जस्तो पनि नाँच । जे बोले भयो । जे देखाइदिए भयो । यस्तो सुवर्ण अवसरमा सरस्वती लामाहरु गायिका नबनेर सत्य साबित्री बन्छन् त ?

बालकोट लाइभ
फेरी स्वागत छ दर्शकवृन्द ।

हामी प्रत्यक्ष प्रसारणका लागि बालकोट पुगेका छौं । प्रधानमन्त्रीको यो घरमा अहिले भूत आतंक छ । बिप्लव नामको भूतले यहाँ उपध्रो मच्याईरहेको छ । दर्शकवृन्द, दर्शकवृन्द, हेर्नुहोस् हाम्रो क्यामेरामा के क्याप्चर भएको छ ? तपाईले लाइभ देख्नुभयो । अब त पत्याउनुहुन्छ नि ।

क्यामेरा ढोकामा फोकस गरौं । हेर्नुहोस् ढोकामा पक्राउ पूर्जी टाँसिएको छ । बिप्लव भूतले यस्तो चमत्कार गरेको हो । यहाँ लेखिएको छ, ‘ओली साब र प्रचण्ड सरलाई पक्राउ पुर्जी जारी गरिनेछ ।’ हेर्नुहोस् त विप्लव भूतको आतंक ?

दर्शकवृन्द यो भूत आतंकलाई कसरी हटाउने भन्ने विषयमा यसअघि केही गहन छलफल भएका छन् । यो भूतले कहिले बाटो सुनसान गराउँछ । ठाउँ ठाउँमा बम राखिदिन्छ । कहिले हिन्दी फिल्म नै चल्न नदिने भन्दै उर्लन्छ । कहिले सलमान खानलाई टुँडिखेलबाट लखेट्ने भन्दै चिच्याउँछ । यो भूत निकै खतरा छ । हामी सकेसम्म भूतको फुटेज पनि पेश गर्नेछौं ।

तर भूत हटाउनका लागि केही दक्षिणा भए हुन्छ । कालो कुखुरा र बोकाको बली दिनुपर्दैन । हरिया नोटको केहि बन्डल दक्षिणस्वरुप अर्पण गरेपछि केही समयका लागि भएपनि विप्लव भूतको आतंकबाट मुक्त भइन्छ भनेर रामकुमारी झाँक्री…. आच्य धामी झाँक्रीले बताइसकेका छन् ।

Logo