काठमाडौँ
मनाङ एयर प्रालिले एयरबस हेलिकप्टर्स फ्रान्समा आधुनिक एएस ३५० बी ३ ई (एच १२५) हेलिकप्टर खरिद गरेको छ । कम्पनीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हेलिकप्टर अवतरण गरेको हो । यो सँगै मनाङसँग उक्त कम्पनीका तीन वटा हेलिकप्टर भएका छन् । कम्पनीका अनुसार यी जहाज २३ हजार फिट उचाइ सम्म उडान भर्न सक्छन् ।
कम्पनीले भरपर्दो, गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने बताएको छ । मनाङले यात्रुहरुका लागि हेलिकप्टर यात्रा, धार्मिक, पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण, पर्वतीय दृश्यावलोकन लगायत उडानका लागि हेलिकप्टर उपलब्ध गराउँदै आएको छ ।





























प्रतिक्रिया