काठमाडौँ
संघीय समाजवादी फोरम नेपाल पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएको छ । सरकारमा जानका लागि फोरम अध्यक्ष उपेन्द्र यादवसँग एमाले र माओवादीका शीर्ष नेताले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता गरेका थिए । "/>

फोरम पनि सरकारमा जाने, उपेन्द्र यादव परराष्ट्रमन्त्री

फोरम पनि सरकारमा जाने, उपेन्द्र यादव परराष्ट्रमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
संघीय समाजवादी फोरम नेपाल पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएको छ । सरकारमा जानका लागि फोरम अध्यक्ष उपेन्द्र यादवसँग एमाले र माओवादीका शीर्ष नेताले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता गरेका थिए । त्यो वार्तामा फोरमले सरकारमा जान सहमति जनाएको थियो ।

त्यो वार्तामा ‘संविधान संशोधन प्रक्रिया आपसी सहमतिमा टुंग्याउने’ सहमति दुई पक्षबीच भएको थियो । फोरमले सरकारमा जानका लागि दुई मन्त्रालय मागेको छ । अध्यक्ष यादवले परराष्ट्र मन्त्रालय सम्हाल्दैछन् । ओली नेतृत्वको सरकारमा जानका लागि सोमबार दिउँसो फोरम नेपालको पदाधिकारीको बैठक तीनकुनेस्थित कार्यालयमा बसेको थियो । सरकारमा जाने पक्का भइसके पनि सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग गरिने सम्झौता बारेमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

‘फोरम अध्यक्ष यादव सरकारमा जानुहुने भएको छ, उहाँले परराष्ट्र मन्त्रालय सम्हाल्ने निश्चित जस्तै छ’, फोरमका एक नेताले भने, ‘तर, सरकारसँग सम्झौतामा हस्ताक्षर गरेपछि मात्रै सरकारमा जान्छौँ, त्यो अर्को चरणमा हुन्छ ।’ फोरमलाई सरकारमा ल्याउन ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले पहल गरेका थिए । दुई तिहाइ बहुमतको सरकार बनाउने उद्धेश्यका साथ फोरमलाई सरकारमा ल्याउन लागिएको हो ।
अन्नपूर्णबाट

Logo