सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका कैदीलाई थप कैद सजायँको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पको समयमा भागेर अझै सम्पर्कमा नआएका ९८ जना कैदीलाई उक्त फैसला सुनाएको हो । २०७२ वैशाख १२ को भूकम्पमा जिल्ला कारागारबाट २ सय १६ कैदी, बन्दी भागेका थिए । भूकम्पका बेला कारागार भवन क्षतिग्रस्त बनेको थियो । भूकम्पले भवन भत्कन थालेपछि खोजेका बेला सम्पर्कमा आउन भन्दै कारागार प्रशासनले उनीहरुलाई छोडेको थियो ।
अदालतका स्रेस्तेदार लेखनाथ पौडेलका अनुसार कारागार ऐन २०१९ को दफा २४ बमोजिम फरार कैदीलाई भागे , भगाएको कसूरमा सजायँ थपिएको हो । अदालतको फैसला अनुसार कुनै कसूरमा अदालतबाट चार वर्ष कैद सजायँ पाएको कसूरदारले तीन वर्ष भूक्तान गरी भागेकोमा बाँकी एक वर्ष कैदमा बढाई ६ महिना थप कैद भोग्नु पर्नेछ । त्यस्तो कैदीले बाँकी एक वर्ष र भागे÷भगाएको कसूरमा थपिएको ६ महिना सहित डेढ वर्ष कैदमा बस्नु पर्ने हुन्छ । अदालतले विभिन्न माध्यम मार्फत कारागारको सम्पर्कमा आउने १ सय १८ कैदी, बन्दीलाई भने सजायँमा सफाय दिएको छ ।
नागरिकबाट































प्रतिक्रिया