काठमाडौं
संघीय समाजवादी फोरम संविधान संशोधनको सशर्त एमाले नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । एमालेसँग बिहीबार भएको बैठकमा फोरमले सर्त सहित सरकारमा सहभागी हुन राजी भएको हो । "/>

फोरम संविधान संशोधनको शर्त सहित सरकारमा जाने

फोरम संविधान संशोधनको शर्त सहित सरकारमा जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
संघीय समाजवादी फोरम संविधान संशोधनको सशर्त एमाले नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । एमालेसँग बिहीबार भएको बैठकमा फोरमले सर्त सहित सरकारमा सहभागी हुन राजी भएको हो ।

एमाले अध्यक्ष केपी ओलीसँग निर्णायक वार्ता गर्न फोरमका अध्यक्ष उपेन्द्र यादव बिहीबार जनकपुरबाट काठमाडौं आइपुगेका छन् । उनले शुक्रबार एमाले अध्यक्ष केपी ओली सहित एमालेका नेतासँग कुराकानी गर्ने कार्यक्रम छ । यादव काठमाडौं आउने बित्तिकै बिहीबार उनले पार्टीका शीर्ष नेतासँग सरकारमा सहभागिताबारे आन्तरिक कुराकानी गरेका थिए । स्रोतका अनुसार पार्टीका अधिकांश नेताले संविधान संशोधनमा एमाले प्रतिबद्ध भए फोरम सरकारमा जान उपयुक्त हुने सल्लाह दिएका छन् ।

बिहीबारको बैठकमा फोरमले एमालेसँग यसअघि आफूले उठाएको मुद्दा र संविधान संशोधनमा सहमति जुटाउन एउटा संयुक्त कार्यदल बनाउन प्रस्ताव गरेको स्रोतले जानकारी दियो । फोरम प्रस्तावलाई एमालेले सकारात्मक प्रतिक्रिया जनाएको छ । फोरमका एक नेताले भने, ‘हामी सरकारमा जान मानसिक रूपमा तयार भइसकेका छौं । उहाँहरू पनि हामीलाई सरकारमा लैजान तयार हुनु भएको छ । खाली कसरी प्रक्रिया मिलाउने भन्ने कुरामा मात्र हो ।’
नागरिकबाट

Logo