काभ्रे
नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको सरकारलाई अघिल्लो सरकारका निर्णयहरु खारेज नगर्न चेतावनी दिएका छन् । "/>

अघिल्लो सरकारका निर्णयहरु खारेज नगर्न विश्वप्रकाशको चेतावनी

अघिल्लो सरकारका निर्णयहरु खारेज नगर्न विश्वप्रकाशको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काभ्रे
नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको सरकारलाई अघिल्लो सरकारका निर्णयहरु खारेज नगर्न चेतावनी दिएका छन् । उनले एउटा सरकार गएर अर्को सरकार आएको तर राज्यसत्ता पूरै परिवर्तन नभएको बताउँदै आफ्नो वैद्यानिकता नटुटाउन ओली सरकारलाई आग्रह गरे । सरकारलाई एक्लै हिँड्ने भन्दा पनि विपक्षीलाई समेटेर अगाडि बढ्न उनको आग्रह थियो ।

वाम एकताबारे पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको भनार्इको खण्डन गर्दै प्रवक्ता शर्माले आफूहरु दह्रो खुट्टा नटेक्ने अनि अन्य पार्टीलाई दोष लगाउनु राम्रो नभएको बताए । उनले भने ‘एमाले र माओवादी मिल्नुस्, कांग्रेस पनि मिलेको हेर्न चाहन्छ तर खुट्टा दह्रो नटेकीकन अरुलाई दोष लगाउनु राम्रो होइन ।’ प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका नेताहरुले गरेको विमान अपहरणबारे बनाइएको वृतचित्र प्रदर्शनीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले निर्वाचित संसदहरुले विधिवत सपथ खाएपछि मात्र संसदीय दलको चुनाव गर्ने जानकारी दिए ।

Logo