काठमाडौँ
सशस्त्र प्रहरी बलले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा पाँचवटा आर्म पर्सनल क्यारियर (एपीसी) पठाउन नसक्दा ९ करोड रुपैयाँ गुमाएको छ । "/>

एपीसी नपठाउँदा सशस्त्रले गुमायो ९ करोड !

एपीसी नपठाउँदा सशस्त्रले गुमायो ९ करोड !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सशस्त्र प्रहरी बलले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा पाँचवटा आर्म पर्सनल क्यारियर (एपीसी) पठाउन नसक्दा ९ करोड रुपैयाँ गुमाएको छ । संयुक्त राष्ट्रसंघको मापदण्ड अनुरूप तीन वर्ष अघि नै पठाउनु पर्ने १२ मध्ये पाँचवटा एपीसी पठाउन नसक्दा वार्षिक तीन करोड रुपैयाँका दरले सशस्त्र प्रहरी बलले यो रकम गुमाएको हो ।

सशस्त्र प्रहरी बलले १२ मध्ये सात वटा मात्र एपीसी पठाएको छ । समयमै थप पाँचवटा एपीसी सहित बन्दोबस्तीका सामान पठाउन नसक्दा संयुक्त राष्ट्रसंघले दिने शोधभर्ना बापतको रकम गुमेको हो । जुन रकम सशस्त्र प्रहरीले कल्याणकारी कोष मार्फत खर्च गर्दै आएको छ । समयमै एपीसी नपठाउँदा सशस्त्र प्रहरी बलले करोडौं शोधभर्ना (एपीसी प्रयोग गरे बापत राष्ट्रसंघबाट हुने आम्दानी) मात्र गुमाएको छैन, शान्ति मिसनमा यसअघि प्राप्त गरेको ‘गुडविल’ पनि गुमाउँदै गएको छ । सशस्त्र प्रहरी नेतृत्वको असक्षमताका कारण यो स्थिति आएको हो ।

सशस्त्र प्रहरी अधिकारीहरूका अनुसार महानिरीक्षक (आईजीपी) सिंह बहादुर श्रेष्ठ र उनी भन्दा अघिका आईजीपी दुर्ज कुमार राई यसमा प्रमुख दोषी छन् । उनीहरूकै असक्षमता र तत्काल निर्णय गर्न सक्ने क्षमता अभावका कारण सशस्त्रले यो क्षति बेहोर्नु परेको हो ।
राजधानीबाट

Skip This
Skip This
Logo