विराटनगर
कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा राजीव कोइराला निर्वाचित भएका छन् । सुनसरी क्षेत्र नम्बर २ ख बाट प्रदेश सभामा निर्वाचित भएका कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।
सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिममा नाम फिर्ता लिएपछि कोइराला निर्विरोध भएका छन् । कांग्रेस संसदीय दलका नेता कोइराला विपक्षी दलका नेता समेत बनेका छन् । कोइराला कांग्रेस सुनसरीका सभापति समेत हुन् । प्रदेश १ को कुल ९३ सिट मध्ये कांग्रेसले समानुपातिकबाट १३ र प्रत्यक्षबाट ८ जना गरी २१ सिट जितेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया