उनीहरु दुबै बेस्ट फ्रेन्ड हुन् । इन्स्टाग्राममा उनीहरुको हजारौं फलोअर्स छन् । उनीहरुको फोटोमा अत्याधिक लाइक र कमेन्ट आउने गर्छ । तर पछिल्लो पटक उनीहरुले जुन तस्बिर खिचे त्यो इन्स्टाग्राममा राख्न पाएनन । राख्न चाहेनन् पनि ।
क्यानडाकी २२ बर्षिय मलीना र २८ बर्षिय इजबेल विश्व घुम्नका लागि निस्किएका थिए । दुई महिना अघि । लक्जरी शिप ‘सि प्रिन्सेज’मा चढेर । उनीहरुको वल्र्ड टुर ६८ दिनको थियो ।

यता वल्र्ड टुर सुरु भयो, उता इन्टाग्राममा धमाधम तस्बिर पोस्ट गर्ने क्रम सुरु भयो । हरेक पटक कामुक तस्विर खिचाउने उनीहरु कुनै टप क्यालेन्डर गर्ललाई टक्कर दिने खालकी आकर्षक देखिन्थे ।
तर, अचानक उनीहरुको तस्विर पोस्ट गर्ने सिलसिला रोकियो । यी सुन्दरीहरुसँग ६३ बर्षका एक प्रौड व्यक्ति पनि दिए , जो यो स्वप्निल टुरको आनन्द लिइरहेका थिए । साथै दुबैसँग मस्ती गरिरहेका थिए ।

डेली मेलले जनाए अनुसार एक दिन जब उनीहरुको शिप सिड्नी पुग्यो, तब अस्ट्रेलियन फेडरल पुलिसले उनीहरुको क्याबिनमा खोज तलास गरे । त्यसमा दुई ठूल ठूला सुटकेस मिल्यो । त्यहाँ करिब ९४ किलो कोकिन थियो । यसको मूल्य २३ दशमलव २ मिलियन डलर थियो ।
सिड्नी मर्निङ हेराल्डको रिपोर्ट अनुसार अस्ट्रेलियन बोर्डर फोर्सका प्रवत्तााका अनुसार यी तीन जना एक वेल अर्गनाइज्ड सिन्डिकेटकासाथ काम गरिरहेका थिए । अब उनीहरु सबैजना आजिबन काराबासको सजाय कटाइरहेका छन् ।































प्रतिक्रिया