काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् । नेकपा (एमाले) को कानुन विभागले गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । "/>

न्यायाधीशलाई ओलीको कडा निर्देशन : आँखामा पावर थपेर नहेर्नु

न्यायाधीशलाई ओलीको कडा निर्देशन : आँखामा पावर थपेर नहेर्नु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् । नेकपा (एमाले) को कानुन विभागले गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिन नहुने बताए । ‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखामा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आँखामा पट्टी होइन, पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।’

प्रधानमन्त्री ओलीले देश राजीनीतिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडी बढेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशले सुदृढ र स्थायित्व सहितको सरकार पाएकाले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्ने प्रष्ट पारे।
अन्नपूर्णबाट

केपी ओलीका यी एकसेएक सपना, अब होला त साकार ? (भिडियोमा समेत)

 

Logo