काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं २१ स्थित लगनटोेलमा एक स्थानियको ५ तले घरमा अहिले आगलागी भइरहेको छ । शनिबार विहान २ बजेबाट शुरु भएको आगलागी हाल सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट करोडौंको क्षति भएको र हुने क्रममै रहेको प्रहरीले जनाएको छ ।

आगलागीको सुचना पाए लगत्तै जुद्ध बारुणयन्त्रबाट गएको दमकल, पानी ट्यांकर, तथा स्थानियवासी र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । के कारणले आगलागी भएको भन्ने बारेमा अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ । अहिले त्यसक्षेत्रमा विद्युत पुरै अवरुद्ध छ भने २ सय मिटर पर सम्म स्थानियवासीहरुलाई हिड्डुल गर्न रोक लगाइएको छ ।

प्रतक्षदर्शिहरुका अनुशार कोठामा हिटर बालेर सुतेकाले विद्युत सर्ट भई आगलागी भएको हो । आगलागी लगत्तै ३ वटा ग्याँस सिलिण्डरहरु पड्केपछि वरिपरीका स्थानियहरुले थाहा पाएका थिए । आगलागी भएको घरधनीको नाम पनि खुल्ल सकेको छैन भने यसबाट के कति क्षति भयो भन्ने पनि थाहा भइसकेको छैन । अहिले सयौंको हाराहारीमा उपस्थित स्थानियवासी, प्रहरी, सेना लगायतको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
तस्विरः केन्द्रविन्दु





























प्रतिक्रिया