काठमाडौं
आचरण विपरितका गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरी प्रधान कार्यालयले ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐर माथी अनुसन्धान थालेको छ । "/>

ललितपुर प्रहरी प्रमुख हेडक्वार्टरको छानविनमा

ललितपुर प्रहरी प्रमुख हेडक्वार्टरको छानविनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आचरण विपरितका गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरी प्रधान कार्यालयले ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐर माथी अनुसन्धान थालेको छ । गैरकनुनी गतिविधिमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी प्रभाग पुल्चोकका इन्स्पेक्टर गोविन्द पन्थीलाई निलम्वनको पत्र गृह मन्त्रालय पठाए लगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी ऐर माथी पनि छानविन थालेको हो । पन्थीले केही दिन अघि नै प्रधान कार्यालयको उजुरी शाखामा पुगेर बयान दिइसकेका छन् । अव ऐरलाई पनि बयानका लागि बोलाउने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

होटल/रेस्टुराँबाट हप्ता तथा मासिक रुपमा रकम असुलेको, ठगी मुद्दाका पीडितबाटै रकम मागेको, आफ्नो मध्यस्थतामा गैरकानुनी रुपमा रकम असुलको कागजात बनाइदिएको, आरोपित व्यक्तिलाई नै लाभ हुने गरी पीडितलाई गैरकानुनी रुपमा ‘अपहरण तथा शरीर वन्धक’ अभियोगमा अनुसन्धान थालेको लगायत कसूरमा प्रहरी प्रधान कार्यालयले पुल्चोक प्रभागका इन्स्पेक्टर पन्थी लाई निलम्वन गर्न गृह मन्त्रालयमा पत्र पठाइसकेको छ । पन्थीमाथीको कसूरमा छानविन गर्नेक्रममा ललितपुर परिसरका एसएसपी ऐरको पनि मिलेमतो देखिएको भन्दै प्रहरी मुख्यालयले अनुसन्धान थालेको हो ।
कारोबारबाट

Logo